गलत तथ्याङ्कको हवला दिँदै कांग्रेस सचेतक भुषालबाट सरकारको आलोचना « Khabarhub

गलत तथ्याङ्कको हवला दिँदै कांग्रेस सचेतक भुषालबाट सरकारको आलोचना


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कोरोनाभाइरसबाट विश्वभर ६५ सय मानिसको मृत्यु भएको गलत तथ्याङ्कको हवला दिँदै नेपाल सरकारको चर्को आलोचना गरेकी छन् ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक पुष्पा भुषालले संसारभर ६५ सय मानिसको मृत्यु हुँदा पनि नेपालमा सरकारले संक्रमणको जोखिम रोक्न तयारी नै नगरेको भन्दै सरकारको चर्को आलोचना गरेकी हुन् ।

उनले सभामुखलाई सम्बोधन गर्दै भूमिका बाँध्ने क्रममा भनिन् ‘अहिले विश्वमा कोरोना भाइरसले ११५ वटा देशलाई संक्रमित गरिसकेको छ र अहिले विश्वभरबाट १ लाख ३० हजार व्यक्तिहरुको पहिचान पनि भइसक्यो । यो भाइरसबाट भने ६८ हजार निको भएर गइसकेको अवस्था छ सभामुख महोदय । ५८ हजार अहिले उपचारको क्रममा रहेको र ६५ सयको मृत्यु भइसकेको अवस्था रहेको छ ।’

जवकी कोरोना भाइरसबाट बिहिबार विहान ११ बजेसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । भुषालले मृतकको संख्या १८ सय ६६ बढाएर अभिव्यक्ति दिएकी हुन् ।

भुषालले संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भनेर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको अभिव्यक्तिले जनता अझ त्रसित भएकाले सरकारले जवाफ दिनुपर्ने बताइन् ।

‘अमेरिकाले युरोपमा लण्डनबाहेकका फ्लाइटलाई रद्द गरिसकेको अवस्था छ, भारतले पनि आजसम्म बाहिर रहेका भारतीयहरु आउन पाउने भोलिदेखि आए क्वारेन्टाइन १४ दिन बस्नुपर्छ भनेर निर्णय गरिसकेको अवस्था छ सभामुख महोदय,’ उनले भनिन् ‘नेपालमा जनता कोरोनाभाइरसको त्रासबाट आक्रान्त छन् तर स्वास्थ्यमन्त्रीले सरकार अहिले तयारीमा छैन आफैं आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ क्वारेन्टाइनमा आफैं बस्नुपर्छ भन्ने सन्देश बाहिर प्रवाह गरेर जनतालाई अझै बढि त्रसित गरेको हामिले अनुभुत गरेका छौं । सरकारले किन यस्तो अभिव्यक्ति दियो त्यसको जवाफ चाहान्छौ ।’

कोरोनाभाइरसका नाममा अत्यावश्यक बस्तुहरु खाद्यन्न, ग्यासँ, पेट्रोलियम पदार्थको मूल्य ३० प्रतिशतले घट्दा पनि महंगोमा बिक्री भइरहेको भन्दै उनले अनुगमन प्रभावकारी बनाउनुपर्ने माग गरेकी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : १७ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श