बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना « Khabarhub

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्राडा साहले जानकारी दिए ।

उनले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिए । भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट्याएको छ ।

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ । सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएको प्राडा साहले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ३९ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय