ट्रम्प र आइरिश प्रधानमन्त्रीले एक अर्कालाई नमस्कार गरेपछि... | Khabarhub Khabarhub

ट्रम्प र आइरिश प्रधानमन्त्रीले एक अर्कालाई नमस्कार गरेपछि…


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न विश्वभर उच्च सतर्कता अपनाउन थालिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न चिकित्सकहरुले एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन भनेका छन् । चिकित्सकहरुका अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिसँग हात मिलाउँदा, अंकमाल गर्दा कोरोना भाइरस छिट्टै सर्ने गर्छ ।

चिकित्सकहरुको यही सुझावलाई अवलम्बन गर्दै अहिले विश्वभरका नेताहरु महत्वपूर्ण भेटघाटमा पनि एक–अर्कासँग हात मिलाउँदैनन् । बरु पूर्वीय सभ्यताको अभिवादन शैली नमस्कार गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री लिओ भराडकरसँगको भेटमा नमस्कार गरी अभिभावदन गरेका छन् ।

बिहीबार ओभलस्थित कार्यालयमा भएको भेटमा ट्रम्पले हात मिलाउन अस्वीकार गरी प्रधानमन्त्री भरडकरसँग नमस्ते गरी अभिवादन गरेका हुन् । लियो भरादकर भारतीय मूलका हुन् ।

‘हामीले आज हात मिलाएनौं । हामी एकअर्कालाई चिन्छौं र हामी के (अभिवादन गर्नेक्रममा) गर्न जाँदैछौं भन्यौं । यो अचम्मको अनुभव थियो ।’ ट्रम्पले भने ।

दुई नेताबीचको भेटवार्ताका क्रममा पत्रकारहरुले हात मिलाउन भनेका थिए । तर, दुबै नेताले हात जोडी एकले अर्कालाई अभिवादन गरे । हालै भारत भ्रमणमा गएका ट्रम्पका अनुसार उनले भारतमा कसैसँग पनि हात मिलाएका थिएनन्, नमस्कार मात्र गरेका थिए ।

ट्रम्पले जापानी शैलीमा झुकेर पनि अभिवादन गरेका थिए । ‘उनीहरु (भारतीय र जापानी) हामीभन्दा निकै अघि रहेछन् ।’ ट्रम्पले भने ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : ४० बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन