घर भित्र कम बस्ने अरुभन्दा जवान ! « Khabarhub

घर भित्र कम बस्ने अरुभन्दा जवान !


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जवान हुन कसलाई मन नहोला ? मानिसहरु आफुलाई सकेसम्म राम्रो र जवान देखाउन अनेक उपाय गर्दछन् ।

तर कतिपय मेहनत र उपाय ब्यर्थ हुने गर्दछ । यसको एक कारण हो, अव्यवस्थित जीवनशैली र खानपान । जसले मानिसलाई उमेरभन्दा बुढो देखाउँछ । खासमा मानिसको आयु उसको छालाले संकेत गर्दछ । तसर्थ छाला स्वस्थ्य राख्न र सधै जवान देखिन यि उपाय अपनाउनु लाभदायि हुन्छ ।

१. घर भित्र कम बस्नु

घरभित्र भन्दा घर बाहिर धेरै समय बिताउने मानिसहरु अरुभन्दा जवान देखिने गर्दछन् । घर बाहिर रहँदा सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डीले मानिसको छालामा सकारात्मक असर पार्ने भएकाले यसले कम उमेरको देखाउन मद्दत पुर्याउँछ ।

२. पारिवारिक सम्बन्ध

विवाद वा कलहमा रहने मानिस भन्दा आफ्ना साथी र परिवारसँगको राम्रो सम्बन्ध हुनेहरु जवान देखिने गर्दछन् । राम्रो सम्बन्ध भएकै कारण अनावश्यक तनाव नहुने साथै प्रत्यक्षरुपमा स्वास्थ्यमा समेत यो सम्बन्धमा असर पार्ने भएकाले लाभ मिल्दछ ।

३. शारीरिक अभ्यास

दैनिक शारीरिक अभ्यास गर्नेहरुमा पनि अन्य मानिसको तुलनामा आयु बढि हुने गर्दछ । शारीरिक अभ्यास गर्ने मानिस वास्तविक उमेरभन्दा ९ वर्ष युवा देखिने गर्दछन् । तर, शारीरिक अभ्यास दिनहुँ जारी राख्नु पर्दछ । अन्यथा यो हानिकारक पनि बन्न सक्छ ।

४. यौन सम्बन्ध

नियमित यौनसम्पर्क गर्नेहरुको पनि आयु लामो हुने गर्दछ । अन्य मानिसको तुलनामा यौन सम्पर्क गर्ने मानिसको मृत्युदरमा ५० प्रतिशत कम हुन्छ । यस्ता मानिस आफ्नो वास्तविक उमेर भन्दा जवान र फिट हुने गर्दछन् ।

५. शाकाहारी बन्नु

मांसाहारी मानिसको भन्दा शाकहारी मानिसको आयु तुलनात्मक रुपमा बढि हुने गर्दछ । शाकाहारीले खराब फ्याट कम खपत गर्छन् । यसले राम्रो पाचन प्रणाली र तौल कम पनि हुन्छ । साथै शाकाहारीहरु मांसाहारी भन्दा जवान समेत देखिन्छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ४७ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी