फ्यानले पललाई सोधे – बिहेको भोजमा नगएर कता हो हिरो ? | Khabarhub Khabarhub

फ्यानले पललाई सोधे – बिहेको भोजमा नगएर कता हो हिरो ?


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाह र आँचल शर्माको निकटताले सधै चर्चा पाइरह्यो । पल र आँचलले नाइँ नभन्नू ४, जोनी जेन्टलमेन, शत्रु गते लगायत फिल्ममा एकसाथ काम गरे । यी दुईको जोडीलाई म्युजिक भिडियोमा पनि उत्तिकै रुचाइयो ।

फागुन २९ गते आँचलको धुमधामका साथ बिहे भयो । तर, आँचलको बिहेमा पल पुगेनन् । जबकि, आँचल र पलले एकअर्कालाई मिल्ने साथी भएको बताउँदै आएका थिए ।

वर्षौंसम्म ‘आँप’ जोडीले अनस्किृन रोमान्स गरे । आँचलले सार्वजनिक कार्यक्रममा भन्ने गर्थिन् – यो क्षेत्रको सबैभन्दा मिल्ने साथी पल शाह नै हुनुहुन्छ ।

पल र आँचलबीच लामो समय प्रेम अंकुराएको चर्चा पनि चल्यो । तर, यो कुरालाई न पलले स्वीकारे । न त आँचलले नै स्वीकारिन् । पर्दामा भने यो जोडी एकपछि अर्को गर्दै दोहोरियो । मेकरले पनि पल र आँचललाई लिएर म्युजिक भिडियो बनाइरहे ।

पछिल्लो समय भने आँचल र पलको सम्बन्ध चिसिएको चर्चा थियो । तर, यसबारेमा पल र आँचल दुवैले मुख खोलेका थिएनन् ।

एक म्युजिक भिडियोमा पल शाह र आँचल शर्मा ।

आँचलको बिहेमा पलले सहभागी नजनाएपछि भने यी दुईबीच सम्बन्ध राम्रो नभएको प्रष्ट भएको हो । जबकि, पल र आँचलले एकअर्कालाई मिल्ने साथी भन्दै आएका थिए ।

आँचलको बिहेमा पलले काठमाडौं नै छोडे । फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा शीर्ष भूमिका निभाएका पल शाह, पूजा शर्मा र निर्देशक सुदर्शन थापा मुक्तिनाथ दर्शनका लागि भन्दै काठमाडौं बाहिर गए । खबरका अनुसार आँचलको बिहेको कार्ड पल र पूजा दुवैलाई पुगेको थियो ।

तस्वीर – मेरोफिल्म डटकम

यता पलले भने पोखराबाट ‘शुभबिहानी’ भन्दै इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन् । उक्त तस्वीरमा फ्यानले आँचलसँगको सम्बन्ध पनि कोट्याएका छन् । आफ्नो बेस्टफ्रेण्डको बिहेमा काठमाडौं छोडेर घुम्न निस्किनुले पनि के दर्शाएको छ यी दुई कुनै बेला नजिक मात्र थिएनन् । प्रेममा पनि थिए ।

अब एकअर्कालाई नजिक बनाउन पनि सक्ने अवस्था शायद छैन ।

अभिनेत्री आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् ।

आँचलले सामाजिक सञ्जालमा आफ्नो बिहेले रंगीन बनाइरहेका बेला पलले पोखरा घुम्दाको तस्वीर शेयर गरेका हुन् ।

पलको तस्वीरमा कमेन्ट छोड्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘बिहेको भोजमा नगएर कता हो यस्तो हिरो ?’

 

View this post on Instagram

 

Goodmorning Pokhara ?

A post shared by Paul Shah (@paulshah_official) on

एक प्रयोगकर्ताले भने बडो रमाइलो कमेन्ट गरेका छन् । उनले लेखेका छन् – ‘भाउजू त अर्कोले उडायो भन्ने सुन्दैछु त दाइ, खासमा कुरो के हो ?’

आँचल शर्मा र पल शाह ।

पल र आँचल नजिकिएकोमा यी दुईका फ्यान निकै खुशी थिए । तर केही महिनायता यी दुईको ब्रेकअप भएको बताइन्छ । यद्यपि दुवैले प्रेमका बारेमा कहिल्यै खुलेर बोलेका थिएनन् ।

बिहेपछि पलले आँचललाई इन्स्टाग्राममा पनि अनफलो गरिसकेका छन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् ।

काठमाडौंको हायात होटलमा भव्य पार्टीको आयोजना गरेर सयौं सेलिब्रेटी हुँदा पल भने कतै देखिएनन् । उनी बिहेमा उपस्थित हुनुपर्छ भनेर नै अकस्मात मुक्तिनाथ दर्शनमा गएका थिए ।

‘हिजोसम्म सबैभन्दा मिल्ने साथी भन्ने आँचलको बिहेमा पल त पुग्नुपर्ने होइन र ?,’ फ्यानले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ३२ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,