कोरोना भाइरस संक्रमणबाट इटालीमा मेयरको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमणबाट इटालीमा मेयरको मृत्यु


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए ।

यो नगर कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ ।

कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र यहीकारण शुक्रबार उनको मृत्यु भएको जनाइएको छ ।

इटालीमा हालसम्म कोरोना भाइरसका कारण १४४१ जनाको ज्यान गइसकेको छ । इटालीमा यसबाट अरु २१ हजार भन्दा धेरै संक्रमित छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ५८ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत