यी हुन् सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएका पाँच मुलुक « Khabarhub

यी हुन् सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएका पाँच मुलुक


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या हालसम्म ६ हजार ५ सय १५ पुगेको छ ।

सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।

चीनपछि इटालीमा संक्रमण बढी देखिएको छ । चीनमा भाइरसको संक्रमण घट्दो क्रममा देखिए पनि इटालीमा भने दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन्। हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको छ ।

इटालीपछि अर्को संक्रमित मुलुको सूचीमा इरान देखिएको छ । इरानमा हालसम्म १३ हजार ९ सय ३८ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा इरानमा १ सय १३ जनाले ज्यान गुमाएसँग त्यहाँ ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ ।

इरानपछि संक्रमित हुने मुलुकको सूचीमा दक्षिण कोरिया रहेको छ । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७५ भए पनि संक्रमितको संख्या ८ हजार २ सय ३६ रहेको छ । जहाँ १ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने ७ हजार २४ जना उपचाररत छन् ।

दक्षिण कोरियापछि कोरोना भाइरसबाट संक्रमित हुने मुलुकको सूचीमा स्पेन रहेको छ । स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : १९ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको