यी हुन् सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएका पाँच मुलुक | Khabarhub Khabarhub

यी हुन् सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएका पाँच मुलुक


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या हालसम्म ६ हजार ५ सय १५ पुगेको छ ।

सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।

चीनपछि इटालीमा संक्रमण बढी देखिएको छ । चीनमा भाइरसको संक्रमण घट्दो क्रममा देखिए पनि इटालीमा भने दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन्। हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको छ ।

इटालीपछि अर्को संक्रमित मुलुको सूचीमा इरान देखिएको छ । इरानमा हालसम्म १३ हजार ९ सय ३८ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा इरानमा १ सय १३ जनाले ज्यान गुमाएसँग त्यहाँ ज्यान गुमाउनेको संख्या ७ सय २४ पुगेको छ ।

इरानपछि संक्रमित हुने मुलुकको सूचीमा दक्षिण कोरिया रहेको छ । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ७५ भए पनि संक्रमितको संख्या ८ हजार २ सय ३६ रहेको छ । जहाँ १ हजार १ सय ३७ जना उपचारपछि निको भएका छन् भने ७ हजार २४ जना उपचाररत छन् ।

दक्षिण कोरियापछि कोरोना भाइरसबाट संक्रमित हुने मुलुकको सूचीमा स्पेन रहेको छ । स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : १९ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण