कोरोना भाइरसको संक्रमण रोक्न सीमा नाकामा स्वयम्‌सेवक परिचालन | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सीमा नाकामा स्वयम्‌सेवक परिचालन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकरभिट्टा– पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्‌सेवक परिचालन गरेको छ । नगरभित्रका विभिन्न सङ्घसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको स्वयम्‌सेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् । स्वयम्‌सेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फोरेट थर्मोमिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयम्‌सेवक काम गर्नेछन् ।

टोलीमा उद्योग वाणिज्य सङ्घ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स सङ्घ, जेसिज, होटल व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालगायत १६ रहेको उनले बताए । ‘दैनिक १० हजारभन्दा बढीको सङ्ख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहेछन्,’ सङ्घका अध्यक्ष तिम्सिनाले भने, ‘पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका पाँच जना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ ।’

उनले मेची उद्योग वाणिज्य सङ्घले खरीद गरेर ल्याएको पाँच र सहायता कक्षमा नगरपालिकाले दिएको तीन इन्फोरेट थर्मोमिटरले समेत अपुग भएका कारण थप १५ थर्मोमिटर भारतको सिलगुढीबाट मगाइसकिएको बताए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन् । उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरीद गरेर उपलब्ध गराउने बताउँदै भनिन्, ‘नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ३ : ३३ बजे

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ,

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं–  सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको

घर जाने बाटोमा कहाँ चार्ज गर्न पाइन्छ बिजुलीगाडी ?

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं– नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित