सबै राजनीतिक दलको सहमतिपछि मात्र ‘एमसीसी’ संसदमा टेवल हुन्छः सभामुख सापकोटा « Khabarhub

सबै राजनीतिक दलको सहमतिपछि मात्र ‘एमसीसी’ संसदमा टेवल हुन्छः सभामुख सापकोटा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सबै राजनीतिक दलका बिचमा सहमति कायम भएपछि मात्र एमसीसी संसदमा टेवल गर्ने बताएका छन् ।

आज सिंहदरबारमा संसद मामिला रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्रियामा सभामुख सापकोटाले सबै राजनीतिक दलका नेता, संसदीय दलका सचेतक लगायत निष्कर्षमा पुगेपछि आफूले सहजीकरण मात्रै गर्ने बताएका हुन् ।

उनले कोरोना भाइरसका कारण एमसीसीको विषयमा भइरहेको बहस नसुनिएको जस्तो भएको भन्दै निरन्तर बहस भइरहेको समेत बताएका छन् ।

उनले भने,‘त्यो त छलफलमा छ । पारित गर्ने कुरा भएपछि सत्तारुढ दल, पार्टीका नेताहरु, दलका नेता, उपनेता, विभिन्न पार्टीका मुख्य सचेतकहरुका बिचमा पनि छलफल चलिरहेको छ । राष्ट्रिय रुपमा पनि छलफल चलिरहेको छ । मैले त सहजीकरण गर्ने कुरा न हो ।’

सभामुख सापाकोटाले राजनीतिक दलले उपसभामुख उम्मेदवारको टुंगो लगाएपछि प्रक्रिया शुरु गर्ने, कार्यतालिका सार्वजनिक गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ४ : ५७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान