काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको ज्यान गएपछि स्थानीयद्वारा प्रदर्शन « Khabarhub

काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको ज्यान गएपछि स्थानीयद्वारा प्रदर्शन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा टिप्परको ठक्करबाट आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्कमा अवरोध गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिसहित टिप्पर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् । उनीहरुले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

सोमबार बा ५ ख ५४८० नम्बरको टिप्परले पनौती बसपार्कमा खानिखोला गाउँपालिका १ की २७ वर्षीया जुनीमाया गोले र उनकी नाबालिका छोरीलाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा निधन भएको थियो । टिप्परका चालक रोशी गाउँपालिका ६ का नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ४४ बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू