१६ लाखको लेहेंगाले ‘ट्रोल’ बनिन् आँचल ! « Khabarhub

१६ लाखको लेहेंगाले ‘ट्रोल’ बनिन् आँचल !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका आँचल शर्माको फागुन २९ मा भव्य बिहे भयो । बिहेमा सीमित आफन्तलाई मात्र निमन्त्रणा गरिएको थियो ।

चैत्र १ मा बिहेको भव्य पार्टी राखिएको थियो । आँचलको बिहेको भन्दा बढी चर्चा उनको बिहे भोजको भयो । उनी विमानस्थलबाट हेलिकप्टर चढेर राजधानीको पाँचतारे होटलमा आइपुगेकी थिइन् ।

आँचल होटल परिसरमा हेलिकप्टरबाट उत्रिएको मात्र चर्चा भएन । उनले लगाएको पहिरनको पनि चर्चा भयो । उनले लगाएको लेहेंगा १६ किलोको भएको चर्चा चल्यो ।

त्यतिमात्र होइन । भारतीय डिजाइनरले तयार पारेको आँचलको लेहेंगाको मूल्य १६ लाख भएको खबर बाहिर आयो । यद्यपि यसबारेमा आधिकारिक धारणा आएको छैन ।

यो खबर फैलिएपछि भने आँचललाई ट्रोल बनाउन थालिएको छ ।

त्यसो त नेपाली सेलिब्रेटीले बिहेमा यस्तो तामझाम नगर्ने कारण पनि धेरैलाई आँचलको बिहे खर्चालु लागेको छ ।

बलिउड तथा विदेशी कलाकारले भने बिहेलाई जतिसक्यो भव्य बनाउने गर्छन् । केही हप्ताअघि आयुष्मान देशराज जोशीसँग विवाहबन्धनमा बाँधिएकी प्रियंका कार्कीको बिहे पनि भव्य रुपमा सम्पन्न भएको थियो ।

अझ आँचलको बिहेमा १६ लाखको लेहेंगा र हेलिकप्टर चार्टर गरेको कुराले प्रियंकाको बिहेको तामझाम नै ओझेलमा पारिदिएको थियो ।

सामाजिक सञ्जालमा आँचलको महंगो बिहेलाई लिएर अनेक टिकाटिप्पणी गरेका छन् । कतिपयले आँचलले बिहेमा यत्रो खर्च नगरेर कुनै फाउण्डेसनमार्फत दुःखीको सहयोग गर्नुपर्ने भन्दै विरोध गरेका छन् ।

‘नेपाल सरकार, यी आँचल शर्मालाई छिटोभन्दा छिटो कारवाही होस्, पैसा छ भन्दैमा बिहेमा अनावश्यक खर्च गर्न कहाँ पाइन्छ ?,’ कुलचन्द्र नाम गरेका एक ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।

यस्तै ट्वीटरमा रुद्र पुरीले लेखेका छन्, ‘बिहे पनि श्रीमानकै खर्चबाट हो? कि नेपालका हिरोइनहरु करोड पारिश्रमिक लिन लागे ? के सिक्ने नेपाली समाजले आँचल शर्माबाट ?’

आँचलले १६ लाखको लेहेंगा र ६० लाखको गहना लगाइन् भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भए पनि आँचलले भने कुनै प्रतिक्रिया जनाएकी छैनिन् ।

‘बिहे आँचल शर्माले गर्दा अरुको टाउको किन दुख्यो? पैसा ऊसँग थियो जति खर्च गरोस् टाउको दुखाइ किन अरुको,’ सुरज कुमार महतोले ट्वीट गरेका छन्, ‘अरु के गर्छ त्यही हेर्ने? कि आफ्नो पनि हेर्ने, सोच विकास गरौं ।’

कतिपयले भने आँचलले बिहेमा जति खर्च गरे पनि कुनै समस्या हुन नहुने भन्दै तर्क गरेका छन् ।

आँचलले आफ्नो झण्डै १ वर्ष लामो प्रेमसम्बन्धपछि पेशाले डाक्टर उदिप श्रेष्ठसँग आँचलले बिहे गरेकी हुन् । बिहेको तामझामलाई कतिले सहजै लिए पनि कतिपयले भने विरोध गर्दै ट्रोल बनाएका छन् । अझ कतिले त बल्ल आँचल शर्मा भन्ने पनि नेपालमा नायिका रहेछिन् भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : २७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा