कोरोना भाइरसबारे छलफल गर्न नेकपा सचिवालय बैठक आह्वान « Khabarhub

कोरोना भाइरसबारे छलफल गर्न नेकपा सचिवालय बैठक आह्वान


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् ।

राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको छ ।

मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।

यसअतिरिक्त कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

यसअघि फागुन १८ गते बसेको नेकपा सचिवालय बैठकले दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने निर्णयमा पुगेका ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

लगत्तै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि बैठक बस्न सकेको थिएन ।

त्यसअघि १४ फागुनको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सरकारलाई सिफारिस गर्ने भनेर गरेको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

उक्त निर्णयमा अध्यक्ष ओली र सचिवालयका अरु सदस्यबीच मत बाझिदै आएको छ । प्रधानमन्त्री स्वास्थ्यलाभको अवस्थामा रहेकाले यावत बिषयका छलफल भने नहुने बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : १७ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक