कोरोना भाइरसका कारण कुन देशमा कतिले गुमाए ज्यान, कति जनामा देखियो सङ्क्रमण ? « Khabarhub

कोरोना भाइरसका कारण कुन देशमा कतिले गुमाए ज्यान, कति जनामा देखियो सङ्क्रमण ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका प्रयासहरु भइरहेपनि सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १ लाख ९७ हजार ७ सय ९४ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ७ हजार ९ सय ४४ को मृत्यु भएको छ ।

अहिलेसम्म चीनमा सबैभन्दा बढी ३ हजार २ सय ४१ जनाको मृत्यु भएको छ भने ८१ हजार ७४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै इटलीमा २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने ३१ हजार १ सय ६९ जना संक्रमित रहेका छन् ।

त्यसपछि इरानमा ९ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १६१६९ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा ५ सय ३३ जनाको ज्यान जाँदा ११,८२६ जनामा संक्रमण देखिएको छ ।

जर्मनीमा २६ जनाको मृत्यु हुँदा ९,३६० जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ८४ जनाले ज्यान गुमाएका छन् भने ८,४१३ जना संक्रमित देखिएका छन् ।

फ्रांसमा १४८ जनाले ज्यान गुमाउँदा ७,६६९ जनामा संक्रमण देखिएको छ । स्विटजरल्याण्डमा २७ जनाको मृत्यु हुँदा २,७०० जनामा संक्रमण देखिएको छ ।

 

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको