कोरोना भाइरसका कारण कुन देशमा कतिले गुमाए ज्यान, कति जनामा देखियो सङ्क्रमण ? « Khabarhub

कोरोना भाइरसका कारण कुन देशमा कतिले गुमाए ज्यान, कति जनामा देखियो सङ्क्रमण ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका प्रयासहरु भइरहेपनि सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १ लाख ९७ हजार ७ सय ९४ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ७ हजार ९ सय ४४ को मृत्यु भएको छ ।

अहिलेसम्म चीनमा सबैभन्दा बढी ३ हजार २ सय ४१ जनाको मृत्यु भएको छ भने ८१ हजार ७४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै इटलीमा २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने ३१ हजार १ सय ६९ जना संक्रमित रहेका छन् ।

त्यसपछि इरानमा ९ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १६१६९ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा ५ सय ३३ जनाको ज्यान जाँदा ११,८२६ जनामा संक्रमण देखिएको छ ।

जर्मनीमा २६ जनाको मृत्यु हुँदा ९,३६० जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ८४ जनाले ज्यान गुमाएका छन् भने ८,४१३ जना संक्रमित देखिएका छन् ।

फ्रांसमा १४८ जनाले ज्यान गुमाउँदा ७,६६९ जनामा संक्रमण देखिएको छ । स्विटजरल्याण्डमा २७ जनाको मृत्यु हुँदा २,७०० जनामा संक्रमण देखिएको छ ।

 

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १२ : ०६ बजे

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र