पेट्रोल पम्पहरुमा आपूर्ति मन्त्रीको अनुगमन, जर्किनमा इन्धन भर्नेलाई मन्त्रालय डाकियो « Khabarhub

पेट्रोल पम्पहरुमा आपूर्ति मन्त्रीको अनुगमन, जर्किनमा इन्धन भर्नेलाई मन्त्रालय डाकियो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा इन्धन अभाव चुलिएका बेला उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पहरुको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री भट्ट सुरक्षाकर्मीविनै निजी गाडी चढेर बुधबार बिहान बजार अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा उनले करिब २४ वटा पेट्रोल पम्पहरुको निरीक्षण गरेका मन्त्री भट्टको निजी सचिवालयले जानकारी दिएको छ ।

मन्त्री भट्टले ललितपुरको पुल्चोकदेखि काठमाडौंको कालिमाटीसम्मका पेट्रोल पम्पहरुको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा पेट्रोल पम्पहरुले उपभोगक्ताहरुले आवश्यकताभन्दा बढी इन्धन मौज्दात राख्न खोज्दा माग र आपूर्तिको सन्तुलन बिग्रिएको बताएका थिए ।

‘गाडी र मोटरसाइकलधनीहरुले आफ्नो सवारीको इन्धन ट्याङ्की फूल गराएर लगेर घरमा मौज्दात राख्ने र पुनः दोस्रो दिन पनि फुल ट्याङ्की इन्धन भर्न आउने गरेका कारण आपूर्तिमा केही समस्या देखिएको भन्ने पेट्रोल पम्प सञ्चालकहरुको भनाइ रह्यो,’ मन्त्री भट्टको सचिवालयका एक सदस्यले खबरहबसँग भने ।

मन्त्री भट्टले अनुमगनका क्रममा केही पेट्रोल पम्प सञ्चालकहरुले भने ठूला ग्यालन र जर्किनहरुमा भरेर पेट्रोल लुकाउने गरेको समेत फेला परेको बताएका छन् । ग्यालन र जर्किनमा पेट्रोल लुकाउने सञ्चालकहरुलाई भने मन्त्रालयमा बोलाइएको मन्त्री भट्टको सचिवालयका सदस्यको भनाइ छ ।

‘ग्यालन र जर्किनमा पेट्रोल लुकाउने पम्प सञ्चालकहरुलाई मन्त्रालय बोलाइएको छ । उनीहरुलाई यस्तो कार्य नगर्न भनेर सम्झाउनका लागि मन्त्रालय बोलाइएको हो,’ मन्त्री भट्टको सचिवालयका सदस्यले भने ।

मन्त्री भट्टले बुधबार बिहान कालिमाटी तरकारी बजारको समेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा तरकारी तथा फलफूलजन्य बस्तुको आपूर्तिमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टका सचिवालय सदस्यको भनाइ छ ।

यद्यपि लसुन र चिनियाँ स्याउको मूल्य भने साविकभन्दा केही बढेको पाइएको उनले सुनाए ।

पछिल्लो समय कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गराउने कालोबजारियाहरु सक्रिय भएका छन् ।

खास गरेर खाना पकाउने (एलपी) ग्यास, इन्धन, सर्जिकल मास्क, सेनिटाइजर लगायतको कालोबजारी बढेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : २२ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल