पेट्रोल पम्पहरुमा आपूर्ति मन्त्रीको अनुगमन, जर्किनमा इन्धन भर्नेलाई मन्त्रालय डाकियो « Khabarhub

पेट्रोल पम्पहरुमा आपूर्ति मन्त्रीको अनुगमन, जर्किनमा इन्धन भर्नेलाई मन्त्रालय डाकियो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा इन्धन अभाव चुलिएका बेला उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पहरुको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री भट्ट सुरक्षाकर्मीविनै निजी गाडी चढेर बुधबार बिहान बजार अनुगमनमा निस्किएका थिए । अनुगमनका क्रममा उनले करिब २४ वटा पेट्रोल पम्पहरुको निरीक्षण गरेका मन्त्री भट्टको निजी सचिवालयले जानकारी दिएको छ ।

मन्त्री भट्टले ललितपुरको पुल्चोकदेखि काठमाडौंको कालिमाटीसम्मका पेट्रोल पम्पहरुको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा पेट्रोल पम्पहरुले उपभोगक्ताहरुले आवश्यकताभन्दा बढी इन्धन मौज्दात राख्न खोज्दा माग र आपूर्तिको सन्तुलन बिग्रिएको बताएका थिए ।

‘गाडी र मोटरसाइकलधनीहरुले आफ्नो सवारीको इन्धन ट्याङ्की फूल गराएर लगेर घरमा मौज्दात राख्ने र पुनः दोस्रो दिन पनि फुल ट्याङ्की इन्धन भर्न आउने गरेका कारण आपूर्तिमा केही समस्या देखिएको भन्ने पेट्रोल पम्प सञ्चालकहरुको भनाइ रह्यो,’ मन्त्री भट्टको सचिवालयका एक सदस्यले खबरहबसँग भने ।

मन्त्री भट्टले अनुमगनका क्रममा केही पेट्रोल पम्प सञ्चालकहरुले भने ठूला ग्यालन र जर्किनहरुमा भरेर पेट्रोल लुकाउने गरेको समेत फेला परेको बताएका छन् । ग्यालन र जर्किनमा पेट्रोल लुकाउने सञ्चालकहरुलाई भने मन्त्रालयमा बोलाइएको मन्त्री भट्टको सचिवालयका सदस्यको भनाइ छ ।

‘ग्यालन र जर्किनमा पेट्रोल लुकाउने पम्प सञ्चालकहरुलाई मन्त्रालय बोलाइएको छ । उनीहरुलाई यस्तो कार्य नगर्न भनेर सम्झाउनका लागि मन्त्रालय बोलाइएको हो,’ मन्त्री भट्टको सचिवालयका सदस्यले भने ।

मन्त्री भट्टले बुधबार बिहान कालिमाटी तरकारी बजारको समेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा तरकारी तथा फलफूलजन्य बस्तुको आपूर्तिमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टका सचिवालय सदस्यको भनाइ छ ।

यद्यपि लसुन र चिनियाँ स्याउको मूल्य भने साविकभन्दा केही बढेको पाइएको उनले सुनाए ।

पछिल्लो समय कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गराउने कालोबजारियाहरु सक्रिय भएका छन् ।

खास गरेर खाना पकाउने (एलपी) ग्यास, इन्धन, सर्जिकल मास्क, सेनिटाइजर लगायतको कालोबजारी बढेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : २२ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ