शोधको निष्कर्ष – कोरोना भाइरस हावामा तीन घण्टा तामामा ४ घण्टासम्म सक्रिय रहन्छ | Khabarhub Khabarhub

शोधको निष्कर्ष – कोरोना भाइरस हावामा तीन घण्टा तामामा ४ घण्टासम्म सक्रिय रहन्छ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस निकै लामो समयसम्म सक्रिय रहने नयाँ तथ्य पत्ता लागेको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ अन्तर्गत नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्ससले गरेको शोध अनुसार सिगान वा खकारमा रहेको भाइरस हावामा घण्टौं र दैनिक प्रयोग गर्ने सामानको सतहमा केही दिनसम्म सक्रिय रहने पत्ता लागेको हो ।

कसैले हाच्छियू गर्दा वा खोक्दा निस्कने सिगान वा खकारमा रहेको भाइरस एरोजोल मिश्रित हावामा तीन घण्टासम्म सक्रिय रहने पत्ता लागेको हो ।

यस्तै यो भाइरस अस्पतालमा प्रयोग हुने वा दैनिक घरायशी प्रयोजनका सामानका सतहमा केही दिनसम्म सक्रिय नै रहने पत्ता लागेको हो । यसबाट मानिसमा कोरोना भाइरस सर्ने सम्भावना धेरै रहने जनाइएको छ ।

शोधको निष्कर्ष अनुसार प्लाष्टिक तथा स्टेनलेस स्टिलको सतहमा भाइरस तीन दिनसम्म पनि सक्रिय नै रहन्छ ।
कार्डबोर्डको सतहमा भने भाइरस २४ घण्टा अघि नै निष्कृय भइसक्छ । त्यस्तै, तामाको सतहमा भने ४ घण्टापछि भाइरस निष्कृय भइसक्छ ।

शोधकर्ताहरुले संक्रमित मानिसहरुमा रहेको भाइसको नकल गरी पछिल्लो शोध गरेका हुन् । यसको शोध प्रतिवेदन मंगलबार न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ३६ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण