प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई, बाँकी साझाबाट बेचिने « Khabarhub

प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई, बाँकी साझाबाट बेचिने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बजारबाट जफत गरेको ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाई उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय गरेको हो ।

यस्तै बाँकी रहेका अन्य मास्क भने साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने निर्णय गरेको छ ।

सरकारले कोरानोनाका बिरामीलाई स्वास्थ्य उपचार गर्नुपर्ने भएका स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने व्यवस्था गर्ने पनि जनाएको छ ।

बजारमा मास्कको कालाबजारी शुरु भएपछि सरकारले विभिन्न क्षेत्रमा लुकाइएको मास्क जफत गरेरको थियो । सरकारले काठमाडौंको सानो भर्‍याङबाट मात्र १० लाख थान मास्क लुकाएर राखेको अवस्थामा जफत गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ०१ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ