सार्वजनिक गाडीका धनीले बस चलाउनु अघि ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने « Khabarhub

सार्वजनिक गाडीका धनीले बस चलाउनु अघि ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको सन्त्रास बढिरहँदा सरकारले भीडभाड गरी सार्वजनिक सवारी साधनमा यात्रा नगर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार सिंहदरवारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयमा भनिएको छ – अब सार्वजनिक सवारीसाधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने । सबै सर्वसाधरण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध नगर्ने ।

त्यस्तै सार्वजनिक सवारी साधनका सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समय–समयमा ‘डिस्इन्फेक्सन’ गर्न लगाउने बैठकले निर्णय गरेको छ ।

कार्य अनुगमनको जिम्मा नेपाल प्रहरी र यातयात व्यवस्था विभागलाई दिने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : १८ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र