काेरोनाका कारण पोर्चुगलमा आपतकाल घोषणा, ६ सय ४२ बढी संक्रमित « Khabarhub

काेरोनाका कारण पोर्चुगलमा आपतकाल घोषणा, ६ सय ४२ बढी संक्रमित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा हालसम्म दुई जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ४२ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले आपतकालीन राज्यको घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले कोरोनाको संक्रमण फैलिन नदिन सो निर्णय गरेको जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेका छन् ।

सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको बुधबार मृत्यु भएसँगै पोर्चुगलमा ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।

कोरोनाका कारण उनको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनी २०१९ मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका थिए ।

पोर्चुगलमा पछिल्लो तथ्यांक अनुसार ६ सय ४२ जना संक्रमित मध्य ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमुको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

यसैबीच पोर्चुगलमा एक जना नेपालीलाई पनि कोरोना संक्रमणको यसअघि नै पुष्टि भएको थियो भने भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू