कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण « Khabarhub

कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि स्पेन सरकारले सबै नीजि- अस्पताललाई पनि राष्ट्रियकरण गरेको छ ।

स्पेन सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने सबै स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको हो ।

पेड्रो सान्चेज सरकारले स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले उक्त घोषणा गर्दै स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन्

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन पनि एक हो । स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चालिरहेको छ।

गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिसकेको स्पेनमा स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ ।

नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

स्पेनमा बुधबार रातिसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ६९ जना कोरोनाबाटै संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार