एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍यायो « Khabarhub

एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍यायो


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – आजबाट सुरु हुने भनिएको एसईई परीक्षको लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍याएको छ ।

गाउँपालिकाले बिहीवार(आज) बिहान सार्वजनिक यातायात भाडामा लिएर विद्यार्थीलाई घर घरमा पुर्‍याएको हो ।

आजदेखि सुरु हुने भनिएको एसईईको परीक्षा कोरोना भाइरसको सभ्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले बुधवार साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।

परीक्षा स्थगित भएसँगै परीक्षा दिनको लागि परीक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क बस सेवा उपलब्ध गराएको हो ।

उनीहरुलाई घरघरमा पुर्‍याउने व्यवस्था मिलाइको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

प्रतिकुल अवस्थालाई ध्यान दिँदै फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा तयारिका लागि बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम सितला माविका विद्यार्थीहरुलाई घर फर्कनको लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ०२ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले