कालमाथिको विजय « Khabarhub

कालमाथिको विजय


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाराज युधिष्ठिर एक मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे । बदमास गुन्डाहरूले उनको गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई एकैछिन बाहिर प्रतीक्षा गर्न लगाए ।

मन्त्रीसँगको वार्तालापपछि युधिष्ठिसँग भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् । अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी निकै थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने– आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु । युधिष्ठिर आराम कक्षतिर लम्किए ।

ब्राह्मण निकै दुःखी भए र घरतिर हिँडे । बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब भीमले उनले युघिष्ठिरले भोलि बोलाएको थाहा पाए, तब उनले तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए ।

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । त्यहाँ उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे । भीमले भने– महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् । ‘हँ, तिमी यो के भन्दै छौ !’ युधिष्ठिरले छक्क पर्दै सोधे ।

हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्वसमा यी नगरा बजेका हुन् महाराज ! भीमको भनाइ सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले ती ब्राह्मणका समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : २९ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा