कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि « Khabarhub

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो ।

बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ रहेको स्वास्थ्य परीक्षणमा संलग्न जिल्ला अस्पतालका निमित्त प्रमुख डा शैलेस श्रेष्ठले बताए ।“चीनबाट फर्किएका व्यक्ति भएकाले उनीमाथि सामान्य शङ्का हुनु स्वभाविक हो”, उनले भने, “तर उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य ज्वरोसमेत छैन, उनीमाथि कुनै शङ्का मान्नु पर्दैन ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उनी गत फागुन १४ गते नेपाल फर्किएका थिए । अध्ययनका क्रममा चीनको सान्यासिटीमा बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि परीक्षण गर्न स्वास्थ्यकर्मीसहितको टोली उनको गाउँ पुगेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नगरउपप्रमुख विणादेवी राई, प्रहरी नायब उपरीक्षक वामदेव गौतम, स्वास्थ्यकर्मीलगायतको टोलीले पीडित परिवारलाई भेटेका छन् ।

भेटघाटका क्रममा बिरामी भनिएका व्यक्तिका आफन्तले अनावश्यक हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । स्वास्थ्य परीक्षणका लागि जिल्लामा आवश्यक उपकरण नभएकाले काठमाडौँबाट झिकाउनुपर्दा ढिला भएको नगरप्रमुख रिजालले बताए ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेकामा फैलिएको हल्ला दिक्तेल बजारमा समेत पुगेपछि गत चैत २ गते जिल्ला प्रशासन कार्यालयले सर्वदलीय भेलासमेत राखेको थियो । सर्वदलीय/सर्वपक्षीय भेलालगत्तै जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पूर्वतयारीसमेत थालिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड (छुट्टै उपचारकक्ष) समेत स्थापना गरिएको छ । कोरोनाका शङ्कास्पद बिरामी उपचार गराउन आएमा छुट्टै भर्ना गरेर उपचार गर्न अस्पतालले तीन श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १२ : ४६ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील