२५ जना भन्दा बढी सहभागी हुने भएपछि संसदीय समिति बैठक स्थगित « Khabarhub

२५ जना भन्दा बढी सहभागी हुने भएपछि संसदीय समिति बैठक स्थगित


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बैठकमा २५ जनाभन्दा बढी सहभागी हुने भएपछि स्थागित गरिएको हो ।

समिति सभापति शशी श्रेष्ठले सरकारले जारी गरेको निर्देशन अनुसार २५ भन्दा बढी भेला हुन नपाइने तर, बैठकमा त्यो भन्दा बढी सहभागी भएको भन्दै बैठक स्थगित गरेकी हुन् ।

बिहीबार सिंहदरवारमा बसेको बैठकमा ४० जना बढी सहभागी थिए । केहीबेर बैठक बसेपछि सांसदहरुले सरकारले जारी गरेको २५ जना भन्दा बढी एकै स्थानमा भेला हुन नपाइने निर्देशन सभापति श्रेष्ठलाई सम्झाएका थिए । त्यसपछि सभापति श्रेष्ठले बैठक स्थगित गरेकी हुन् ।

समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दर्ता गरेको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, माथि छलफल गर्ने कार्यसूची थियो ।

सरकारले कोरोना भाइरसबाट बच्न भन्दै बुधबार २५ जनाभन्दा बढी भेला नहुन भनेर निर्देशन जारी गरेको थियो । त्यो निर्देशनको पालना राज्य व्यवस्था तथा सुशासन समितिले गरेको हो ।

तर अन्य समितिहरुबो बैठक भने बिहीवार बसेका थिए । संसदका विधायन व्यवस्थापन समिति, कानुन न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बसेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको