संसदमा प्रश्न– विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन रोक लगाउन मिल्छ ? « Khabarhub

संसदमा प्रश्न– विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन रोक लगाउन मिल्छ ?


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर नरहेको आरोप लागेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रकाश पन्तले  कोरोनाका त्रास र सम्भावित जोखिमबाट जोगिन सरकारले सीमाहरु बन्द गर्दै गरेको, हवाइ रुटहरु बन्द गरिएका भएपनि मध्यपूर्व र गल्फ देशहरुमा रहेका नागरिकलाई फर्काउने सरकारी योजना गम्भीर रुपमा नरहेको आरोप लगाए ।

‘मध्यपूर्व गल्फ देशबाट नेपाली फर्कन चाहेमा फर्काउने सरकारी योजना के कस्तो छ स्पस्ट पार्नुपर्छ’ उनले भने,‘विदेशमा रहेका नेपाली संक्रमित भएमा उनीहरुको अभिभावकत्व कसले ग्रहण गर्छ ? तिनीहरुको जिम्मा कसले लिन्छ उनीहरुको उपचार कसले गर्छ यसतर्फ सरकार गम्भीर देखिएको छैन । ’

विदेशमा रहेका नेपाली रहरले त्यहाँ नगएको बताउँदै उनले उनीहरुलाई स्वदेश फर्काउन सरकारले केही उपाय नअपनाएको आरोप लगाए ।
‘समाचारहरुमा विदेशमा रहेका नेपाली नागरिकलाई नै रोक लगाइएको हो भने त्यसमा एकदम खेदजनक छ’ उनले भने,‘नेपालीहरुलाई नै रोक्ने कुरा उपयुक्त होइन, यदी हो भने गम्भीर हुनु पर्छ । ’

विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट राज्य चलाउने तर उनीहरु अफ्ट्यारोमा परेको बेलामा रोक लगाउने कुरा उपयुक्त नहुने उनको भनाइ छ ।

‘विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले अर्थतन्त्रलाई टेको दिएको छ, रेमिट्यान्स पठाउँदासम्म चाँही सरकारलाई आनन्द नै हुने तर नेपाल फर्किने कुरामा रोग ल्याउँछन्, सार्छन् भन्ने कुरा नेगेटिभ हो । यो अत्यन्तै घातक हुन्छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ३९ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण