संसदमा प्रश्न– विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन रोक लगाउन मिल्छ ? « Khabarhub

संसदमा प्रश्न– विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन रोक लगाउन मिल्छ ?


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर नरहेको आरोप लागेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रकाश पन्तले  कोरोनाका त्रास र सम्भावित जोखिमबाट जोगिन सरकारले सीमाहरु बन्द गर्दै गरेको, हवाइ रुटहरु बन्द गरिएका भएपनि मध्यपूर्व र गल्फ देशहरुमा रहेका नागरिकलाई फर्काउने सरकारी योजना गम्भीर रुपमा नरहेको आरोप लगाए ।

‘मध्यपूर्व गल्फ देशबाट नेपाली फर्कन चाहेमा फर्काउने सरकारी योजना के कस्तो छ स्पस्ट पार्नुपर्छ’ उनले भने,‘विदेशमा रहेका नेपाली संक्रमित भएमा उनीहरुको अभिभावकत्व कसले ग्रहण गर्छ ? तिनीहरुको जिम्मा कसले लिन्छ उनीहरुको उपचार कसले गर्छ यसतर्फ सरकार गम्भीर देखिएको छैन । ’

विदेशमा रहेका नेपाली रहरले त्यहाँ नगएको बताउँदै उनले उनीहरुलाई स्वदेश फर्काउन सरकारले केही उपाय नअपनाएको आरोप लगाए ।
‘समाचारहरुमा विदेशमा रहेका नेपाली नागरिकलाई नै रोक लगाइएको हो भने त्यसमा एकदम खेदजनक छ’ उनले भने,‘नेपालीहरुलाई नै रोक्ने कुरा उपयुक्त होइन, यदी हो भने गम्भीर हुनु पर्छ । ’

विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट राज्य चलाउने तर उनीहरु अफ्ट्यारोमा परेको बेलामा रोक लगाउने कुरा उपयुक्त नहुने उनको भनाइ छ ।

‘विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले अर्थतन्त्रलाई टेको दिएको छ, रेमिट्यान्स पठाउँदासम्म चाँही सरकारलाई आनन्द नै हुने तर नेपाल फर्किने कुरामा रोग ल्याउँछन्, सार्छन् भन्ने कुरा नेगेटिभ हो । यो अत्यन्तै घातक हुन्छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ३९ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले