सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय « Khabarhub

सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।

कोरोनाभाइरस संक्रमण रोक्नका लागि भन्दै सरकारले बुधबार सबै शैक्षिक गतिविधि तत्कालको लागि रोक्ने निर्णय गरेको थियो ।

यही निर्णयलाई आत्मसाथ गर्दै बिहीबार त्रिविले आफ्ना सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविमा विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो ।

व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको जारी परीक्षा पनि यो निर्णयसँगै शुक्रबारदेखि रोकिने भएको छ ।

९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि हुने भनेर सार्वजनिक गरिएको परीक्षा–तालिका पनि यो निर्णयपछि स्थगित भएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले चैत ७ गते बाट लागु हुने गरी चैत मसान्तसम्म विश्वविद्यालयका सबै तहका परीक्षा, नियमित पठनपाठन तथा विश्वविद्यालयमा हुने कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको हो ।

शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई चैत मसान्तसम्म दिइएको विदा अर्को वर्षको हिउँदे र बर्खे विदामा मिलान गर्ने विश्वविद्यालयले जनाएको छ । चैत ७ बाट लागु हुने गरी विश्वविद्यालयका सबै परीक्षा र पठनपाठन बन्द गरीएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : ५९ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल