भीडमा नजान सरकारको आग्रह–मालपोत, बिजुली र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने | Khabarhub Khabarhub

भीडमा नजान सरकारको आग्रह–मालपोत, बिजुली र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न जाँदा भीडभाड हुने भन्दै त्यस्तो शुल्कको जरीवाना मिनाह गर्ने निर्णय गरेको छ ।

मालपोत, विद्युत, र यातायात लगायतमा तिर्नु पर्ने शुल्क नतिर्दा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरस रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएको थियो ।

बिलम्ब शुल्क लाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन मानिसहरु धेरै जम्मा भएको भन्दै यस्तो जमघट नगर्न र आग्रह गरिएको पोखरेलले जानकारी दिए । उनले जरीवाना लाग्ने अवस्था आए जरीवाना शुल्क मिनाह हुने उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ३२ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित