सरकारले शुक्रबारदेखि काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल चलाउने « Khabarhub

सरकारले शुक्रबारदेखि काठमाडौंका ५ ठाउँमा सुपथ मूल्य पसल चलाउने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले शुक्रबारदेखि ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितमा उपभोक्ताहरुलाई सहजै उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

मन्त्री भट्टले नेपालमा ६ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न मौज्दात रहेको पनि सुनाए । यस्तै, ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि नुन तथा ३ महिनासम्मका लागि चिनी पनि मौज्दात रहेको मन्त्री भट्टको भनाइ थियो ।

उपभोक्ताहरुले आफूलाई आवश्यक पर्नेभन्दा धेरै वस्तुहरु मौज्दात राख्न खोजेका कारण बजारमा माग र आपूर्तिको सन्तुलन केही बिग्रिन पुगेको मन्त्री भट्टले बताए ।

पेट्रोलियम पदार्थको आपूर्तिमा पनि समस्या नरहेको मन्त्री भट्टले जानकारी दिए । तर, व्यवस्थापनमा समस्या आउँदा बजारमा केही समस्या देखिएको उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : १८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको