पेस्तोल र अत्याधुनिक हतियारका गोलीसहित १ जना पक्राउ « Khabarhub

पेस्तोल र अत्याधुनिक हतियारका गोलीसहित १ जना पक्राउ


६ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–२ चपाहा धारापानीबाट विभिन्न हतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धारापानी घर भएका ६३ वर्षीय तारा बहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार उनको साथबाट भरुवा बन्दुकदेखि अत्याधुनिक हतियारका गोलीहरु बरामद गरिएको छ ।

विकको साथबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थानसहित ५ राउण्ड गोली, १ थान एयर गन, एएएलआरको गोली २ राउण्ड, थ्रीनटथ्री राइफलको गोली १ राउण्ड, एम–१६ राइफलको गोली १ राउण्ड, सर्टटनको खोका २ थान, पुरानो कटुवा पेस्तोल तथा घोडाचाप, अन्य हतियारको गोली २ राउण्ड र विभिन्न हातहतियारका पाटपूर्जा बरामद भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन खाँडले बिहीबार अदालत बन्द भएका कारण शुक्रबार मात्रै उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद थपको अनुमति लिने जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ६ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको