चीनबाट फर्किएका निवर्तमान राजदूत पौड्याल ‘सेल्फ क्वारेन्टाइन’मा | Khabarhub Khabarhub

चीनबाट फर्किएका निवर्तमान राजदूत पौड्याल ‘सेल्फ क्वारेन्टाइन’मा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट फर्किएका निवर्तमान राजदूत लीलामणि पौड्याल ‘सेल्फ क्वारेन्टाइन’ बसेका छन् ।

कोरोनाको संक्रमण सवैभन्दा बढी चीनमा देखिएका कारण उनले आफू नेपाल फर्किए लगत्तै सेल्फ क्वारेन्टाइनमा बसेको बताएका हुन् । उनी बुधबार नेपाल फर्किएका थिए । उनले दुई सातासम्म कसैलाई नभेट्ने जनाएका छन् ।

दुई साता क्वारेन्टाइनमा बसेपछि मात्र आफू घरबाट बाहिर निस्कने बताएका छन् । उनले चीन लगायत कोरोना  संक्रमित मुलुकबाट फर्केका सबै नागरिकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।

यसअघि सरकारले समेत कोरोना संक्रमित मुलुकबाट आउने नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको थियो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल विश्वका १ सय ७३ मुलुकमा फैलिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ३५ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।