कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी | Khabarhub Khabarhub

कोरोनाबारे अपवाह फैलाएको आरोपमा डा दीक्षितमाथि कारबाहीको तयारी


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षित लगायतलाई कारबाही गर्नुपर्ने माग उठेको हो।

‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणका बारेमा अफवाह फैलाएको भन्ने विषय बैठकमा उठेको थियो,’ गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने, ‘अफवाह फैलाउनेलाई कानूनका दायरामा ल्याउनुपर्ने विषयमा छलफलसमेत भयो।’

अफवाह फैलाउने दीक्षितलगायतलाई कारबाही गर्न माग उठेपछि उपस्थित मन्त्री र सचिवहरुले गम्भीरतापूर्वक छलफल समेत गरेका थिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा. दीक्षितलगायतलले कोभिड–१९ का बारेमा भ्रम फैलाउने काम गरेको जनाएका थिए।

उनका अनुसार हालसम्म ५ सय १२ जना बिरामीको जाँच गर्दा सबैमा ‘नेगेटिभ’ देखा परेकाले हालसम्म नेपालमा संक्रमित ब्यक्ति नभेटिएको विवरण पेस गरेका थिए।

केही दिन अघि एक कार्यक्रममा डा दीक्षितले नेपाल सरकारसँग कोरोना परीक्षण गर्ने किट नै नभएको आरोप लगाएका थिए ।

उनले टेकुमा भर्ना हुन आएका बिरामीलाई कोभिड १९ को ‘ल्याबटेस्ट’ नै नगरी सरकारले त्यसै ‘नेगेटिभ’ भनेर बिरामीलाई फिर्ता पठाउने गरेको आरोप समेत लगाएका थिए।

सरकारले पनि हिजोमात्रै सार्वजनिक गरेको १५ बुँदेमा ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत)बाट गलत अभिब्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिनेछ,’ भन्ने निर्णय सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ५० बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल