प्रधानमन्त्री मोदीद्वारा भारतमा 'जनता कर्फ्यू' घोषणा | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीद्वारा भारतमा ‘जनता कर्फ्यू’ घोषणा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जनता कर्फ्यूको घोषणा गरेका छन् ।

बिहीबार साँझ टेलिभिजन स‌म्बोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न आउँदो आइतबार भारतमा जनता कर्फ्यूको घोषणा गरेका हुन् ।

उनले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म  सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले कोरोनाका कारण विश्वमा संकट गुज्रिरहेको बताउँदै सरकारको निर्देशन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरे । उनले भने, ‘कोरोनाको संकट सामान्य कुरा होइन ।’

उनले जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५५ बजे

ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमा भएको हत्या

घाइतेको उपचारमा खटिइन् सांसद तोसिमा कार्की 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की जेनजी पुस्ताको आन्दोलनमा

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको

दिनभरको तनावपछि साँझपख नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन जी पुस्ताले भ्रष्ट्राचार बेतिथि र सामाजिक सञ्जाल बन्दको 

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको