कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न कारागारबाट कैदीको संख्या घटाउँदै सरकार « Khabarhub

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न कारागारबाट कैदीको संख्या घटाउँदै सरकार


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमण तथा जोखिम कम गर्न भन्दै सरकारले कारागारमा कैदी बन्दीहरुको संख्या कम गर्ने भएको छ ।

महान्यायाधीवक्ताको कार्यालयमा बिहीबार बसेको बैठकपछि देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका (जघन्य अपराधमा संलग्न बाहेक)का कैदी तथा थुनुवाहरुलाई धरोटी, तारेख तथा हाजिरी जमानीमा रिहा गर्ने प्रक्रिया शुरु गरिएको हो ।

महान्यायाधीवक्ता अग्नि खरेलको अध्यक्षमा बिहीबार बसेको बैठकले देशभरका कारागार तथा प्रहरी हिरासतमा कैदी तथा थुनुवाको संख्या घटाउने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार महान्यायाधीवक्ताको कार्यालयलले प्रहरी प्रधान कार्यालय, देशभरका सबै उच्च, विशेष तथा जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अपराध अनुसन्धानको क्रममा शंकित व्यक्तिलाई कसुरको गम्भीरता र संवेदनशीलताअनुसार धरौटी लिने, हाजिर जमानीमा छाड्ने वा तारिखमा राख्ने गरी प्रक्रिया अगाडि बढाउन भनेको छ ।

महान्यायाधीवक्ताको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा १५ तथा फौजदारी अनुसन्धानसम्बन्धी नियमावली २०७४ को नियम २१ अनुसार अपराध अनुसन्धानको क्रममा शंकित व्यक्तिलाई कसुरको गम्भीरता र संवेदनशीलताअनुसार धरौटी लिने, हाजिर जमानीमा छाड्ने वा तारिखमा राख्ने गरी प्रक्रिया अगाडि बढाउन भनेको हो ।

यस्तै, फौजदारी नियमावली २०७५ को नियम २५ अनुसार अपराध अनुसन्धानको क्रममा कसुरको गम्भीरता र संवेदनशीलता एवम् शंकित व्यक्तिलाई लागेको आरोपको प्रकृतिसमेतलाई विचार गरी पक्राउ नगरी अनुसन्धान गर्न पनि महान्यायाधीवक्ताको कार्यालयको पत्रमा उल्लेख छ ।

यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (१) को देहाय (क) को शिान्तर सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न पनि सरकारी वकिल कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा कैद वापत रकम लिई अभियोग लागेका व्यक्तिलाई छाडिदिन सक्ने व्यवस्था छ । यस्तै, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा दफा ३५ को उपदफा (५) मा बालसुधार गृहमा रहेका बालबालिकालाई भएको सजाय स्थगन गर्न सकिने व्यवस्था छ ।

यस्तै, फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार अदालतबाट फैसला भई सजाय ठेकिएका व्यक्तिका हकमा सजाय माफी दिने सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ०३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई