अब सडकमा मापसे चेकिङ नहुने, शंका लागे सिधै अस्पताल पुर्‍याइने | Khabarhub Khabarhub

अब सडकमा मापसे चेकिङ नहुने, शंका लागे सिधै अस्पताल पुर्‍याइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मादक पदार्थ सेवन (मापसे) चेकिङ बन्द गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले सडकमा गरिने मापसे चेकिङ बन्द भएको बताए ।

तर, शंका लागेको अवस्थामा सवारी चालकलाई अस्पतालमा लगेर मदिरा सेवन गरे नगरेको परीक्षण गरिने एसएसपी ढकालको भनाइ छ । अस्पतालमा मापसे चेकिङ गर्दा लागेको खर्च सवारी चालक आफैंले व्यहोर्नु पर्ने छ ।

यसअघि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर हिरासतमा समेत राख्ने थर्थ्यो । तर, अब भने अस्पतालमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाएर छाडिने छ ।

‘सडकमा नियमित रुपमा ट्राफिक प्रहरीको पेट्रोलिङ भइरहन्छ । कुनै चालकले मापसे गरेर सवारी चलाएको शंका लागेमा अब सडकमै नभएर अस्पताल लगेर परीक्षण गरिन्छ,’ एसएसपी ढकालले भने, ‘यसरी परीक्षण गर्दा लागेको खर्च सवारी चालकबाटै लिइने छ । मापसे गरेको पाइएमा जरिवाना पनि तिराइने छ ।’

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तथा मापसे गरेर सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा पनि तत्कालका लागि स्थगित गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : १७ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय