देशभरका अदालत २ साता बन्द हुने | Khabarhub Khabarhub

देशभरका अदालत २ साता बन्द हुने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आइतबारदेखि आगामी चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाइ दुई साता रोक्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।

यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाइ स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन साताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : २५ बजे

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका