कोरोना त्रास– विश्वका यी देशबाट आज रातिपछि नेपाल आउन नपाइने « Khabarhub

कोरोना त्रास– विश्वका यी देशबाट आज रातिपछि नेपाल आउन नपाइने


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रका लागि सरकारले यूरोप, खाडी मुलुकसहित दक्षिण कोरिया, जापान लगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलेको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको थियो । यो प्रतिवन्ध चैत ७ गते शुक्रवार(आज) मध्यरातिबाट लागू हुँदैछ ।

माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (वैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको भएको थियो ।

यो निर्णयसँगै प्रतिबन्ध गरिएका देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल लगायत कोही पनि नेपाल भित्रन मिल्ने छैन भने प्रतिवन्धमा रहेका देशलाई ट्रान्जिट बनाएरसमेत नेपाल भित्रन नमिल्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आउन प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । प्राधिकरणकाका अनुसार युरोप, पश्चिम एशिया, सबै गल्फ देशहरु, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान सहितका देशहरुबाट नेपाल आउन प्रतिवन्ध लगाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ४७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई