कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध ट्राफिक प्रहरीको विशेष अभियान « Khabarhub

कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध ट्राफिक प्रहरीको विशेष अभियान


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड कम गराउन प्लेकार्डसहित आजबाट ट्राफिक प्रहरी खटाइएको जानकारी दिए ।

सिट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भीडभाड गरी नबस्न अनुरोधसहितको अभियान शुरु गरिएको ढकालले बताए । उक्त अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाका ८६ स्थानमा २०० बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकउपर दिँदै आएको सचेतना कक्ष भने स्थगन गरेको जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्र नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

सार्वजनिक सवारीसाधनमा स्यानेटाइजर छर्केर मात्रै सञ्चालन गर्न तथा सिट क्षमताभन्दा बढी यात्रु राखेर नचलाउनसमेत चालकलाई प्रहरीले अनुरोध गरेको छ । सोअनुसार भए नभएको अनुगमनका लागिसमेत टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ४५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र