अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

अत्यावश्यक बाहेक ओपीडी र अप्रेसन बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका ५० वा सोभन्दा बढी शय्या भएका अस्पताललाई ओपीडी सेवा र अप्रेसन सेवा चैत्र मसानतसम्म बन्द गर्न निर्देशन दिएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले शंकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ ।

कोरोको नमूना परीक्षणका लागि योग्य मानिएका वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै एक सय वेड भन्दा माथिका अस्पतालहरुलाई ज्वरो क्लिनिक संचालन गर्न निर्देशन दिएको विषयमा अनुगमन गर्ने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षाका लागि २० हजार स्याम्पल टेष्ट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

कोरोनाको आशंका गरिएका बिरामीलाई रेफर नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बिरामी आइसियुमा रहेको अवस्थामा डायलाइसिस समेत आवश्यक पर्न सक्ने भन्दै वीर अस्पताललाई जनशक्ति सहित शुक्रराज अस्पतालमा एउटा डायलाइसिस मेसिन उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले कोरोनाको सन्दर्भमा गरेको १५ निर्णय

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  २ : १८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई