यस्ता छन् हातमा डोरो बाध्दा हुने फाइदा « Khabarhub

यस्ता छन् हातमा डोरो बाध्दा हुने फाइदा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन संस्कृतीमा हुने पुजाआजाका क्रममा होस् वा कुनै धार्मीक कर्मकाण्ड, हामीलाई पण्डितद्धारा हातमा डोरो बाध्ने परम्परा छ । रातो वा पहेलो रंगको डोरोलाई हातमा वैदिक मन्त्र उच्चारण गर्दै बाध्दा जीवनमा आउने संकटबाट रक्षा हुने मान्यता छ ।

कतिपयले यसलाई अवैज्ञानिक र बेतुकको मान्दछन् । डोरो बाध्दैमा कुनै लाभ नहुने भन्दै यसको विरोध गर्दछन् । तर सनातन कालबाट चलिआएको डोरो बाध्ने परम्परा अहिले पनि तर्क संगत र विज्ञान आधारित मानिन्छ ।

शास्त्र अनुसार हातमा डोरो बाध्ने परम्पराको शुरुवात देवी लक्ष्मी र राजा बलिका पाला देखि भएको हो । यस प्रकारको डोरोलाई रक्षा सूत्र पनि भनिन्छ । यो डोरो बाध्नाले ब्रह्मा, विष्णु र महेश अर्थात त्रिदेवको कृपा प्राप्त हुने मान्यता छ । वैदिक परम्परा देखि चलिआएको हातमा डोरो बाध्ने परम्परामा वैज्ञानिक कारण भेटिएको छ ।

हातमा डोरो बाध्ने मानिसको स्वास्थ्यमा यसले फाइदा पुर्याउने गर्दछ । शरीर विज्ञान अनुसार बिभिन्न भागका प्रमुख अंगमा पुग्ने नसा नाडीकै माध्यमबाट जाने गर्दछ । जसका कारण नाडीमा डोरो बाध्दा यि नसा नियन्त्रीत हुने गर्दछ । यसले त्रिदोष अर्थात पित्त र कफका समस्यामा फाइदा पुग्दछ । जसले प्रमाणित गर्दछ कि, हातमा डोरो बाध्ने मानिस अन्य भन्दा स्वस्थ रहन्छन् । हातमा डोरो बाध्नुको अन्य कैयौं फाइदाहरु रहने गर्दछन् । रक्तचाप, हृदय रोग, मधुमेह र पक्षघात जस्ता गम्भीर रोगमा समेत लाभ मिल्दछ ।

ज्योतिष शास्त्र अनुसार, हातमा रातो रंगको धारण गर्दा कुण्डलीमा मंगल ग्रह मजबूत हुन्छ । त्यस्तै पहेलो रंगको धारणले कुण्डलीमा गुरु बृहस्पति मजबूत हुन्छ । जसका कारण व्यक्तिको जीवनमा सुख, शान्ति र सम्पन्नता प्राप्त हुन्छ । साथै हातमा कालो डोरो बाध्दा शनि ग्रहबाट शुभ फल प्राप्त हुन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३१ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी