कोरोना भाइरस : आजै छोड्नुहोस रोग प्रतिरोधात्मक क्षमता घटाउने १० खानेकुरा | Khabarhub Khabarhub

कोरोना भाइरस : आजै छोड्नुहोस रोग प्रतिरोधात्मक क्षमता घटाउने १० खानेकुरा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसका कारण विश्वभरमा २ लाख ७५ हजार भन्दा बढि मानिस संक्रमित छन् ।

११ हजार ३ सय बढीले ज्यान गुमाइसकेका छन्। पुरै विश्वभर आतंक फैलाउने यस कोरोना भाइरसको संक्रमण हुनुको मुख्य कारण हो मानिसमा भएको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुनु ।

विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य संस्थाहरुले रोगसंग लड्ने क्षमता अर्थात इम्युनिटि कमजोर भएका मानिसमा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च हुने जनाएको छ । तथ्यांक अनुसार पनि यस महामारीका कारण मृत्यु भएका ब्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको पृष्टि भएको छ ।

त्यसैले हरेक ब्यक्तिले यस महामारीबाट बच्न आफ्नु इम्युनिटि शक्ति बढाउनु आवश्यक हुन्छ । तसर्थ तसर्थ इम्युनिटि पावर कम गर्ने खानाबाट बच्नु अत्यावश्यक छ । के के हुन् मानिसको रोग प्रतिरोधात्मक शक्ति घटाउने खानाहरु :

१. सोडा
मानिसको इम्युनिटि पावर कमजोर बनाउने एक खाद्य पर्दाथ हो, सोडा । सोडामा सुगरको
मात्रा अत्यधिक हुने भएकाले यसले इन्सुलिनमा सुगर लेभल बढाउने गर्दछ जसले रोग इम्युनिटि पावक कमजोर बनाउँछ ।

२. रिफाइन तेल
यदि खाना बनाउन बार बार एकै प्रकारको तेल वा रिफाइन तेलको प्रयोग गर्नुहुन्छ भने यो तपाईको स्वास्थ्यका लागी हानिकारक हुनसक्छ । यस प्रकारको तेलले मानिसको इम्यूनिटी पावर कमजोर बनाउँछ ।

३. फास्ट फूड
अधिकांश शहरमा बस्ने मानिसहरु बजारको फास्टफूड खाने गर्दछन् । तर फास्टफुडमा सुगरको प्रयोग हुने तथा फाइबरको मात्रा कम हुने भएकाले यसको सेवन शरीरका लागी हानिकारक हुन्छ । यसले पनि मानिसको इम्युनिटि शक्ति घटाउँछ ।

४. क्याफिन
अहिलेका पुस्ता तथा बिदेश बसेर आउने मानिसहरुमा कफी पिउने शौख उच्च रहने गरेको छ । तर कफी पिउने मानिसमा यसमा पाइने क्याफिनका कारण इम्युनिटि पावर कम हुने गर्दछ । तसर्थ कफी पीउने बानि तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

५. क्यान सुप र फलफुल जुस
आजकल बजारमा स्टिल क्यान बन्द फलफुल, सुप तथा जुस पाउने गर्दछ । तर यस प्रकारको क्यान बन्द खानाको सेवनले शरीरको पोषक तत्व नास पारी मानिसको इम्युनिटि पावर कमजोर बनाउने गर्दछ ।

६. सिलबन्द अचार
बजारमा प्रसस्त मात्रामा पाइने तथा निकै स्वादिलो हुने सीलबन्द अचार पनि मानिसको इम्युनिटि पावर कमजोर पार्ने एक कारक मानिन्छ । यस प्रकारका अचारमा सोडियमको मात्रा उच्च हुने भएकाले यसले डिहाइड्रेसन र किड्नीको समस्या निम्त्याउने गर्दछ ।

७. प्याकेजिङ मासु
फ्रेस हाउसमा कुर्न अल्छि मान्ने तथा हतारमा हुनेहरुले बजारमा पाइने प्याकेजीङ मासुको प्रयोग गर्दछन् । तर यस प्रकारको बन्द प्याकेटमा आउने मासु पनि मानिसको इम्युनिटि पावर कमजोर बनाउने कारक मानिन्छ ।

८. बासी खाना
हुनत बासी खाना कुनै बेला पनि उपयुक्त हुदैन । अझ कोरोनाको संक्रमणको त्रास रहेको बेला त झन बासी खानाको सेवन हानिकारक हुन्छ । बासी खानाले इम्युनिटि पावर कमजोर बनाउने भएकाले यसको सेवन नगर्नु सबैभन्दा बेस हुन्छ ।

९. पानी
खाना बनाउने तथा पिउने पानीका बिषयमा पनि सचेत हुन आवश्यक छ । किनकी हामीले प्रयोग गर्ने पानी संग्लो वा सफा देखिदैमा यो सफा नहुन सक्छ । त्यसैले पानीका कारणले पनि मानिसको इम्युनिटि पावर कमजोर बन्न सक्छ ।

१०. अन्य उपाय
समयमा खानपान नगर्ने, शारीरीक ब्यायाम नगर्ने, हिडडुल गर्न नचाहाने मानिसमा पनि इम्युनिटि पावर कमजोर हुनसक्छ । अनावश्यक तनाव लिने, पर्याप्त निन्द्रा नपुग्ने तथा धुम्रपान र मद्यपान गर्नुहरुमा पनि इम्युनिटि पावर कमजोर हुन्छ । त्यसैले यस बिषयमा पनि ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : १४ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको