मोदीले गरे ओलीको प्रशंसा | Khabarhub Khabarhub

मोदीले गरे ओलीको प्रशंसा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको (कोभिड – १९) दक्षिण एसियाली आपतकाल कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको साझा लडाईंमा प्रधानमन्त्री ओलीको यो कदमले मद्दत मिल्ने विश्वास ब्यक्त गरेका छन् ।

सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले इमर्जेन्सी फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वयंसेवी योगदानका आधारमा रकम जम्मा गर्न सक्ने प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ३७ बजे

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि