सीमा नाकाका हेल्थ डेस्कमा सेना परिचालन, परीक्षणको रिपोर्ट एपमार्फत केन्द्रमा पुग्ने « Khabarhub

सीमा नाकाका हेल्थ डेस्कमा सेना परिचालन, परीक्षणको रिपोर्ट एपमार्फत केन्द्रमा पुग्ने


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रास बढिरहेका बेला नेपाल–भारत सीमा नाकाबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सेनाको टोली परिचालन भएको छ ।

नेपाली सेनाले देशका ७ वटै प्रदेशमा रहेका पृतना तथा बाहिनीहरुबाट सीमा नाकाको हेल्थ डेस्कमा मेडिकल टोली परिचालन गरेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार अहिले ४१ वटा नाकाका हेल्थ डेस्कमा सेनाको मेडिकल टोली परिचालन भएको छ । यस्तो मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट मोवाइल एपमार्फत सिधै सैनिक मूख्यालयमा प्राप्त हुने छ ।

‘हामीले अहिले मोबाइल एप विकास गरेर हाम्रो टोली परिचालन भएको सीमा नाकामा के–कति जनाको स्वास्थ्य जाँच भयो, उनीहरुमा के–के समस्या देखियो भनेर मोबाइल एपमार्फत नै रेडर्क राख्न लगाउँछौं,’ सैनिक प्रवक्ता सहायक रथी पाण्डेले खबरहबसँग भने, ‘यस्तो डाटाबाट हामीले दैनिक रुपमा नेपाल–भारत नाकाबाट कति जना भित्रिए र उनीहरुमा कस्तो खालको स्वास्थ्य समस्या छ भन्ने जान्न सक्छौं ।’

शंकास्पद संक्रमितको निगरानीका लाटि तीन ‘टी’को अवधारणा

सेनाले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागि तीन टी ‘ट्र्याकिङ, ट्रेसिङ र ट्रिटमेन्ट)को अवधारण अगाडि सारेको छ ।

सैनिक मुख्यालयमा गठन गरिएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (आपतकाल व्यवस्थापन केन्द्र)ले उक्त अवधारणअनुसार देशभरका सम्भावित संक्रमित व्यक्तिको अभिलेख तयार पारेर काम गर्ने छ ।

‘कुनै व्यक्ति सीमा नाकाबाट भित्रिँदा नै उसमा तापक्रम बढी देखियो भने हामी अस्पताल लैजाने गरी व्यवस्था मिलाउँछौं, त्यो ट्र्याकिङको फेज भयो । यस्तै कुनै व्यक्तिमा संक्रमणको जोखिम छ । तर, सरकारी निकायको सम्पर्कमा आएको छैन भने हामीले त्यसको ट्रेसिङ गर्छौं । त्यस्ता व्यक्तिले क–कसलाई भेटे, के–कस्ता गतिविधि गरे भनेर पनि निगरानी गरिन्छ,’ सहायक रथी पाण्डेले खबरहबसँग भने, ‘अन्तिममा हामीले त्यस्ता व्यक्तिलाई उपचारका लागि अस्पताल पुर्‍याउने र क्वारेन्टाइनमा बस्न लगाउने गर्छौं ।’

सहायक रथी पाण्डेले पछिल्लो समय दक्षिण कोरिया, ताइवान र सिंगापुरमा यस्तो विधि प्रभावकारी देखिएको पनि बताए । ‘चीनले पूरै लकडाउन गरेर कोरोनाको प्रभाव कम गर्‍यो । तर, दक्षिण कोरिया, ताइवान र सिंगापुरले पूरै लकडाउन नगरी शंकास्पद संक्रमितमाथि निगरानी गरेरै कोरोनाको प्रभाव कम गर्दै लगेका छन् ।’

कोरोनासँग लड्न पृतनाहरुलाई २ करोड बजेट

नेपाली सेनाले कोरोनाविरुद्धको अभियानका क्रममा आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न देशभरका ८ वटै पृतनाहरुलाई थप बजेट निकासा गरेको छ । सैनिक मुख्यालयले प्रतिपृतना २५ लाखका दरले २ करोड रुपैयाँ बजेट निकासा गरेको हो ।

पूर्वी पृतना, मध्य पृतना, मध्यपूर्वी पृतना, उपत्यका पृतना, पश्चिम पृतना, मध्यपश्चिम पृतना, उत्तरपश्चिम पृतना र सुदूरपश्चिम पृतनाका लागि २५–२५ लाख रुपैयाँ बजेट निकासा गरेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ३५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा