पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए | Khabarhub Khabarhub

पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बारे फेसबूकमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

बयानका क्रममा ती युवकले आफ्नो फेसबूक पेजमा रिच तथा लाइक बढाउन उक्त अडियो बनाएको बताएका छन् ।

उनले उक्त अडियो झोर्लेन्यूज नामक फेसबूक पेजबाट सार्वजनिक गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा थापाले नै उक्त फेसबूक पेज चलाउने गरेको भेटिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरु सक्रिय भएका छन् ।

केही दिन अगाडि टिकटक भिडियोमार्फत केही व्यक्तिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना लागेर १७ जनाको मृत्यु भएको भन्दै भ्रम फैलाएका थिए ।

पछिल्लो समय सरकारले सेनाको हेलिकोप्टरमार्फत कोरोना भाइरसविरुद्ध विषादी छर्न लागेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ ।

प्रहरीले कोरोना भाइरसको विषयमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउनेहरुविरुद्ध विशेष अभियान चलाइएको बताएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : २८ बजे

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन फेरि अदालतमा उपस्थित

सियोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा