कोरोनाका कारण धमाधम बन्द हुँदै काठमाडौंका तारे होटल « Khabarhub

कोरोनाका कारण धमाधम बन्द हुँदै काठमाडौंका तारे होटल


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासका कारण अकुपेन्सी दर घट्दै गएपछि काठमाडौंका तारे होटेलहरु बन्द हुन थालेका छन् ।

होटल हायातले केही दिन अगाडि नै सूचना प्रकाशित गर्दै केही समयका लागि सेवा बन्द गर्ने घोषणा गरिसकेको थियो ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीले पनि सूचना टाँस गरेर अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ ।

होटलले कर्मचारी तथा कामदारहरुलाई सेवा बन्द भएको अवधिभर २५ प्रतिशत सुविधा दिने गरी बिदा गरिसकेको छ ।

कोरोना भाइरस संक्रमणको सन्त्रासका बीच पछिल्लो समय होटलको अकुपेन्सी घट्दै गएको छ ।

होटल व्यवसायी संघ (हान)का अनुसार तारे होटलहरुको अकुपेन्सी दर १० प्रतिशतभन्दा पनि तल झरेको छ ।

पछिल्लो समय गेस्टहरु आउन कम भएपछि काठमाडौंका अन्य तारे होटलहरुले पनि कर्मचारीहरुलाई बिदामा पठाउन थालिसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ३० बजे

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक