स्पेनमा एकै दिन ३९ सय नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय ७८ पुग्यो  « Khabarhub

स्पेनमा एकै दिन ३९ सय नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय ७८ पुग्यो 


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलकमा तीव्र रुपमा देखिएको छ ।

सबैभन्दा बढी इटालीमा प्रभाव परेको छ भने स्पेनमा पनि कोरोनाको संक्रमण बढ्दो रुपमा देखिएको छ ।  स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २५ जना नयाँ संक्रमित देखा परेसँगै जम्मा संक्रमितको संख्या २५ हजार ४ सय ९६ पुगेको छ ।

२४ घण्टाको अवधिमा स्पेनमा २ सय ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण संक्रमित मध्ये २ हजार १ सय २५ जना निको भएर घर फर्केका छन् भने २१ हजार ९ सय ९३ जना उपचाररत छन् । जसमध्य १ हजार ६ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।

सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय २५ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा नयाँ ४६ जना संक्रमित देखा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०३ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम