अमेरिकाबाट राजबल्लभ कोइराला भन्छन् – त्यता केही भयो भने कस्तो होला ? « Khabarhub

अमेरिकाबाट राजबल्लभ कोइराला भन्छन् – त्यता केही भयो भने कस्तो होला ?


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर फैलिएको महामारीको सन्त्रासले विदेशमा रहेका नेपालीलाई पनि तनावमा पारेको छ । चीनबाट फैलिएको कोरोना महामारीले अमेरिकामा पनि प्रभाव पारेको छ । यसको असर अमेरिकामा बस्ने नेपालीमा देखिएको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले नेपालीलाई आकस्मिक काममा बाहेक अरु कामले घरमा रहन आग्रह गरेका छन् ।

कोइरालाले एक ट्वीट गर्दै लेखेका छन्, ‘कृपया घरमै बस्नुहोस् ।’

‘सुविधासम्पन्न देश युरोप र अमेरिकालाई त यो महामारीसँग जुध्न यस्तो कठिन छ, त्यता केही भयो भने कस्तो होला? आफै कल्पना गर्नुस् त,’ कोइरालाले नेपालप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘इमर्जेन्सी काम छैन भने प्लिज घरमै रहनुस्, आफू साथै परिवार र आफन्तलाई यो महामारीदेखि बचाउनुहोस् ।’

कोरोना भाइरसको संक्रमणको प्रभावले पछिल्लो समय युरोपियन मुलुकमा हजारौंको ज्यान गइसकेको छ । युरोप र अमेरिकामा पनि लाखौं नेपाली बसोबास गर्दै आइरहेका छन् । ती नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ ।

नेपालमा भने अझै कोरोनाको त्रास देखिए पनि कोरोना संक्रमित भने नदेखिएको बताइएको छ । एकजनामा कोरोनामा संक्रमण देखिए पनि ती व्यक्ति निको भइसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५९ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका