भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु | Khabarhub Khabarhub

भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोना विशेष अस्पतालमा रेफर गरी आइसोलेसन वार्डमा राखिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनको नमूना समेत संकलन गरिएको थियो । संकलन गरिएको नमूना सोमबार काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण रहे नरहेको विषयमा भने पुष्टि हुन बाँकी छ ।

कोरोना विशेष अस्पताल स्रोतले युवकको मृत्यु भएको जानकारी दिए पनि अस्पतालले भने आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले पनि घटनाको पुष्टि हुन बाँकी रहेको बताए । ‘केही व्यक्तिले यस्तो भएको भनेर भनिरहेका छन् । तर, हामीलाई औपचारिक रुपमा कोरोना विशेष अस्पतालमा कसैको मृत्यु भएको भनेर जानकारी आएको छैन,’ भण्डारीले खबरहबसँग भने ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : २६ बजे

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ