बेलायतमा पनि ‘लक डाउन’ « Khabarhub

बेलायतमा पनि ‘लक डाउन’


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो ।

सोमबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई ‘सीमित कारणबाहेक’ घरबाट बाहिर ननिस्किन आह्वान गरेका छन् । मानिसहरुले सरकारी निर्देशनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने उनले बताए ।

जोनसनले सम्बोधनका क्रममा कसैले अटेर गरेको खण्डमा प्रहरीले मानिसहरुको भीडलाई तितरबितर पार्ने चेतावनी समेत दिए ।

बेलायतमा जिम, पसल र धार्मिक स्थलहरु बन्द गरिएका छन् भने खेलकुद कार्यक्रमहरु, विवाह समारोहहरु र अन्य साँस्कृतिक कार्यक्रमहरु पनि स्थगित गरिएका छन् । यद्यपि तत्कालका लागि अन्त्येष्टी कार्यक्रमहरु भने नरोकिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बोरिस जोनसनको पछिल्लो कदमलाई दोश्रो विश्वयुद्ध यता बेलायत सरकारले चालेको सबैभन्दा कठोर कदमका रुपमा लिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ३६ बजे

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड

यूएईविरुद्धको नेपालले रोमाञ्चक जित

काठमाडौं- यूएईविरुद्धको नेपालले रोचक जित हासिल गरेको छ । आईसीसी

जेन-जी घाइतेको विवरण सार्वजनिक

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप