नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको एकजना विरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६ सय ८७ जनामा कोरोना संक्रमणको आशंका नमूना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६ सय ८४ जना नेगेटिभ देखिएको छ ।

पहिलो पटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

दोस्रो केसका रुपमा चैत ४ गते फान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया छात्रामा कोरोनाको संक्रमण देखिएको छ । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो पटक पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएपछि संक्रमित व्यक्ति कुन ठाउँका हुन् र कुन अस्पतालमा उपचार गराइरहेका छन् भन्ने विषय भने खुलाइएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी खाडी मुलकबाट केही दिन पहिला नेपाल आएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ३४ बजे

मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा