कोरोना संक्रमण देखिएका व्यक्ति यूएईबाट आएका धादिङका युवा | Khabarhub Khabarhub

कोरोना संक्रमण देखिएका व्यक्ति यूएईबाट आएका धादिङका युवा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिको तीन दिनमा पुन अर्का एक व्यक्तिमा संक्रमण देखिएको छ ।

बुधवार(आज) कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका र उनी धादिङको रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

‘उहाँ चैत्र छ गते संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आउनु भएका धादिङ निवासी ३२ वर्षीय पुरुष यहाँ आएर होटलमा बस्नु भएको र हिजो अलि असहज भएपछि टेकु अस्पताल गएर परीक्षण गर्दा संक्रमण देखिएको हो’ उनले भने ।

होटल र सम्पर्कमा रहेका व्यक्तिको खजतालस गर्ने र क्वारेन्टाइनमा राख्न जुटिरहेको मन्त्री ढकालले जानकारी दिए ।

त्यस्तै मन्त्री ढकालले कोरोना महामारीको विरुद्धमा एउटा युद्धमा होमिएको अवस्थामा सवत्र प्रवक्ताहरु भेटिएको भन्दै असन्तुष्टि पोखे ।
मन्त्रीको नेतृत्वमा रहेको समिति अनुगमन गर्ने र सचिवको नेतृत्वमा अर्को समिति गठन भएको उनले जानकारी दिए ।

सचिवको नेतृत्वमा भगवान कोइराला, लोचन कार्की, मन राई मन्त्रालयका तर्फबाट गुणराज लोहनी र निजी मेडिकल कलेजका तर्फबाट बसुरद्नि अनसारी र बसन्त चौधरीलाई राखेर अरु समितिलाई भंग गरेको उनले जानकारी दिए ।

अस्पतालमा सबै प्रवक्ता बन्ने व्यवस्थालाई अन्त्य गर्दै चेन अफ कमाण्ड मा नै सञ्चालन गर्दै अघि बढ्ने उनले बताए ।

उनले स्याम्पल परीक्षणका लागि सातवटै प्रदेशमा ल्याव प्रयोगमा ल्याउने बताए ।

भारतबाट नेपाल फर्किने क्रममा सीमामा रोकिएकाहरुलाई एक दिनका लागि प्रवेश गर्न दिइएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

मन्त्री ढकालले लकडाउनको समयमा मानिसहरु बाहिर निस्किएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

कुनै राजनीतिक दलले गरेको बन्द जस्तो नभइ यो रोगबाट बच्नका लागि प्रयत्न भएको उनको भनाइ छ ।

समस्या समाधानका लागि अहोरात्र खटेर यो परिस्थितिको सामना गर्न सक्ने भन्दै उनले सबैमा सहयोग गर्न आग्रह गरे ।

सानो असावधानी र खेलाचीले आफूलाई मात्र नभइ सबैभन्दा पहिला परिवार छिमेकी समाज हुँदै राष्टलाई समेत क्षति पुर्याउने भन्दै खेलाची र कमजोरी नगर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ५ : २२ बजे

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम