स्पेनमा एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ६ सय ५६ जनाको मृत्यु « Khabarhub

स्पेनमा एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ६ सय ५६ जनाको मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो ।

यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा करिब ७ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ हजार ५  सय १५ पुगेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : १८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद